दानराजमा रेश्मा घिमिरे नायिका

काठमाडौं । डिएस डिजिटल सिनेमाको ब्यानरमा फिल्म ‘दानराज’ निर्माण हुने भएको छ । आगामी भदौबाट छायांकन हुने फिल्ममा शंकर अधिकारी घायल प्रस्तुतकर्ता छन् ।

फिल्मका निर्माता शत्रुघन अन्सारीका अनुसार फिल्ममा मानिसहरु कसरी अपराध कर्ममा जान्छन भन्ने कुरालाई देखाइनेछ । फिल्ममा समाजभित्रको अपराधिक घटनालाई चित्रण गरिनेछ ।

दानराज चौलागाईंको मुख्य भूमिका रहने फिल्ममा रेश्मा घिमिरे र सबिन केसीको डेब्यू अभिनय हुनेछ । उनीहरुसँगै फिल्ममा सागर गुरु चौलागाईं, रवि खड्का, गंगा कँुवर, करुणा श्रेष्ठ, रविन श्री, शत्रुघन अन्सारीको अभिनय रहनेछ ।

फिल्ममा देव महर्जनको द्वन्द्व ,सन्दिप भुजेल र राम केसीको नृत्य सुरेश अधिकारी, बाबुल गिरी र मिलन तिमिल्सिनाको संगीत तथा नित्या शिवा, सुरेश अधिकारी, बाबुल गिरीको स्वर रहनेछ ।