टोकियो(एजेन्सी) । जापानमा आर्टिफिसियल इन्टेलिजेन्स(एआई)मा आधारित रहेर विश्वकै पहिलो फिल्म बन्ने भएको छ । यो फिल्ममा प्रमुख भूमिका एक एआई रोबोट एरिकाले निभाउनेछ । फिल्ममा काम गर्नका लागि रोबोटलाई सात करोड डलर पारिश्रमिक दिइएको छ । यो फिल्मको नाम ‘बी’ राखिएको छ ।
निर्माताहरुले फिल्मका लागि ७० करोड डलर बजेट छुट्याएका छन् । उनीहरुले सन् २०२१ मा यो फिल्म रिलिज गर्ने दाबी गरेका छन् । फिल्ममा प्रमुख भूमिकामा देखिने रोबोटले महिलाको भूमिका निर्वाह गर्नेछ ।
निर्माताहरुका अनुसार फिल्मको कथा एक वैज्ञानिकको वरपर घुम्नेछ । जो एक कार्यक्रमसँग जोडिएको खतरा पत्ता लगाउदछ । जापानी वैज्ञानिक हिरोशी इशिगुरो र कोहेई ओगावाले आफ्नो रोबोटिक्स अध्ययनको भागको रुपमा एरिकालाई विकसित गरेका हुन् । उनीहरुले नै एरिकाको कृतिम बुद्धिमतालाई अभिनयको सिद्धान्तका रुपमा लागु गर्न सिकाएका हुन् ।
निर्माता तथा लेखक सेम खोएले अभिनयको अन्य तरिकामा अभिनेता र अभिनेत्रीले आफ्नो भूमिकालाई आफ्नो जीवनसँग ढाल्ने भए पनि एरिकाले त्यस्तो अनुभव गर्न नपाउने बताए ।