अक्षयको सूर्यवंशीका पाँच तथ्य

मुम्बई(एजेन्सी) । बलिउड निर्देशक रोहित शेट्टीले मंगलबार आफ्नो फिल्म ‘सूर्यवंशी’ ओटीटीमा रिलिज नहुने कुरा बताइसकेका छन् । उनी फिल्म हल खुल्ने दिनको प्रतिक्षा गरिरहेका छन् । ताजा खबर अनुसार अक्षय कुमार स्टारर फिल्म दिवाली २०२० मा रिलिज हुनेछ । यो फिल्ममा पाँच यस्ता नयाँ कुरा छन्, जुन कुरा सायदै कमैलाई मात्र थाहा होला ।

निर्देशक रोहितले फिल्म ‘सिंघम’मार्फत आफ्नो कप युनिभर्सको शुरुवात गरेका थिए । यो कप युनिभर्स अन्तर्गत उनले ‘सिंघम’ र ‘सिम्बा’मा दुई प्रहरी दर्शकमाझ प्रस्तुत गरिसकेका छन् । ‘सूयंवंशी’ यो कप युनिभर्सको तेस्रो प्रहरी अधिकृत हो ।

अभिनेता अक्षय कुमार र अभिनेत्री कटरीना कैफको जोडी एक समय सफलताको ग्यारेन्टी मानिन्थ्यो । पछिल्लो एक दशकमा उनीहरुले कुनै फिल्ममा सँगै काम गरेनन् । रोहितको फिल्म ‘सूयंवंशी’मार्फत करिब एक दशकपछि यो जोडीलाई पुनः दर्शकमाझ ल्याउँदैछन् । रोहितले फिल्म ‘सूर्यवंशी’को ट्रेलरबाट नै यसमा ‘सिंघम’ र ‘सिम्बा’को केमियो हुने देखाइसकेका छन् । रोहित आफ्नो कप युनिभर्सको फिल्ममा सबै प्रहरीलाई देखाउछन् । उनको यो शैलीलाई दर्शकले निकै मनपराएका छन् ।

अक्षय र रोहितले लामो समयदेखि बलिउडमा काम गरिरहेका छन् । तर फिल्म ‘सूर्यवंशी’ दुवैको साथमा पहिलो फिल्म हो । यसअघि दुवैले कुनै फिल्मका लागि हात मिलाएका थिएनन् । यो फिल्म मार्चमा रिलिज हुने तयारीमा थियो । तर कोरोना भाइरसको लकडाउनका कारण यो फिल्म दीवाली २०२० मा रिलिज हुँदैछ । कोरोना भाइरसका कारण सबै फिल्म हल बन्द छन्, अवस्थामा सुधार आउनासाथ खोल्ने तयारी छ ।