मुम्बई(एजेन्सी) । प्रख्यात भोजपुरी अभिनेत्री रानी चटर्जीले आफ्नो इन्स्टाग्राममा आफूलाई कोही व्यक्तिले कैयौं वर्षदेखि समस्या दुःख दिइरहेको खुलासा गरेकी छन् । उनले सामाजिक सन्जालमा एक पोस्ट शेयर गर्दै सबै कुरा बताएकी छन् । उनले आफू डिप्रेसनमा भएको र आत्महत्या गर्न खोजेको समेत बताएकी छन् । इन्स्टामा उनले आफ्नो कुरासँगै उक्त व्यक्तिको पोस्टका केही तस्बिर पनि शेयर गरेकी छन्, जसलाई उनले उत्पीडनका आरोप लगाएकी छन् ।
‘म अब धेरै डिस्टर्ब भइसकेकी छु । अक्सर म स्ट्रङ बन्न र सकारात्मक हुन कुरा गरिरहन्छु । तर अब त्यो हुन सकेको छैन । यो मानिस कैयौं वर्षदेखि मेरो बारेमा कति धेरै नराम्रो कुरा फेसबुकमा लेखिरहेको छ । मैले धेरै इन्गोर गर्ने कोशिस गरे । मैले कैयौं मानिससँग कुरा गरें, सबैले इग्नोर नै गर भने । तर म पनि त मानिस नै हुँ’ उनले आफ्नो पोस्टमा लेखेकी छन्, ‘म मोटी छु, अग्ली छु या म जे काम गर्छु, त्यो मानिस मलाई भद्दा कुरा लेख्छ । मानिसहरु आफैं यो कुरा पठाउँछन् र इग्नोर गर भन्छन् । म कैयौं वर्षदेखि यो कुरालाई लिएर दुःखी छु । मानसिक तनावमा गुज्रिएकी छु । त्यो मानिस म आत्महत्या गर्नुपरोस् भन्ने चाहन्छ । यसकारण मेरो निजी जिन्दगीमा ठूलो तनाव छ ।’
रानीले धनन्जय सिंह नामका एक व्यक्तिले आफ्नो हालत पतला बनाएको बताएकी छन् । ‘मुम्बई प्रहरीसँग मेरो यो अनुरोध छ कि यदि मैले केही गरें भने यसको जिम्मेवार धनन्जय सिंह हुनेछ । मैले साइबर सेलमा पनि यो कुराको उजुरी दिएकी थिएँ । तर त्यसमा मेरो नाम नलेखिएको बताइयो । तर मलाई थाहा छ कि यसले मेरो लागि लेख्दछ । म हताश भइसकेकी छु । अब हिम्मत बचेको छैन । या त म आत्महत्या गर्छु किनकी म पूर्ण रुपमा डिप्रेसनमा गइसकेकी छु ।’ उनले लेखेकी छन् ।