जिनपिंगसँग अनुहार मिलेपछि अनलाइन सेन्सर

बेइजिङ(एजेन्सी) । चीनका एक प्रख्यात ओपेरा गायकलाई अनलाइन सेन्सर गरिएको छ । उनको अनुहार चिनियाँ राष्ट्रपति शी जिनपिंगजस्तै देखिएपछि अनलाइन सेन्सर गरिएको हो । जिनपिंगको छविलाई कायम गर्नका लागि ती व्यक्तिले हद भन्दा बढी शंकास्पद काम गरेको चीनमाथि आरोप लागेको थियो । यसभन्दा अघि देशमा काल्पनिक चरित्र विनी द पूहलाई पनि प्रतिबन्ध लगाइएको थियो । किनकी इन्टरनेटमा जिनपिंगको तुलना उनीसँग गरिएको थियो ।

समाचार अनुसार ६३ वर्षका लिउ केकिङको टिकटक जस्तो सामाजिक सन्जालमा डुयुइन नामको एकाउन्ट कैयौं पटक ब्लक गरिएको छ । केकिङ बर्लिनमा बस्छन् । उनको एकाउन्टमा ४१ हजार फलोअर्स छन् । उनी यसमा सिङगिङ ट्यूटोरियल्स शेयर गर्छन र त्यो कन्टेन्टमा उनलाई जिनपिंग जस्तै देखिन्छ ।

रेडियो फ्री इन्टरनेसनलका अनुसार मे १० मा केकिङले एक भिडियो अपलोड गरेका थिए । जसमा उनले ‘छविको उल्लंघन’को कारण उनको एकाउन्ट सेन्सर गरिएको बताएका थिए । उनको प्रोफाइल तस्बिरले छविको उल्लंघन भएको भन्दै एकाउन्टमा प्रतिबन्ध लगाइएको हो ।