मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि बलिउडमा लगातार नेपोटिजमको बारेमा चर्चा चलिरहेको छ । यही विषयलाई लिएर अभिनेता सैफ अली खानले आफ्ना भनाई सार्वजनिक गरेका छन् । अभिनेता सैफ आफैं स्टारका सन्तान हुन् र उनकी छोरी सारा अली खान फिल्ममै सक्रिय छिन् । उनले आफू पनि नेपोटिजमको शिकार भएको तर कोही पनि यो विषयमा कुरा गर्न नचाहेको उल्लेख गरेका छन् ।
‘देशमा गैर बराबरी छ र यसलाई अगाडि ल्याउनु जरुरी भएको छ । नेपोटिज्म, फेवरेटिज्म र क्याम्प यो अलग विषय हो । यहाँसम्म कि म पनि नेपोटिज्मको शिकार भइसकेको छु । तर यो विषयमा कोही कुरा गर्दैनन् । म खुशी छु कि फिल्म उद्योगबाट बढी भन्दा बढी मानिसहरु यसलाई लिएर अगाडि आइरहेका छन्’, सैफले भनेका छन् ।
सैफले सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’मा केमियो गरेका छन् । ‘उनी निकै प्रतिभावान राम्रा अभिनेता थिए । मलाई लाग्छ कि उनको भविष्य निकै उज्यालो थियो । उनी मसँग निकै पोलाइट थिए र मेरो गेस्ट अपिरियन्सबाट खुशी पनि थिए । उनी कैयौं विषयमा कुराकानी गर्दथे, जसमा एस्ट्रोनोमी र फिलोसोफी बढी हुन्थे । मलाई लाग्थ्यो कि ऊ म भन्दा बढी जान्दथ्यो ।’ सैफले भनेका छन् ।