सरिताको छैनौ तिमी

काठमाडौं । सरिता सारु मगर ‘डाँगी’को वास्तविक जिन्दगीमा आधारित ‘छैनौ तिमी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सरिताले आफ्नो छोरा धिरजलाई गुमाए पछि उनको सम्झनामा यो म्युजिक भिडियो तयार पारिएको हो । गीतको भिडियोमा अल्पायुमै आफ्नो छोरा गुमाउनुको पीडालाई देखाइएको छ ।

गीतमा गायिका मेलिना राईको स्वर तथासरिता सारु मगरको शब्द छ । नविन कार्कीको संगीत रहेको गीतमा सुमन केसीको संगीत संयोजन छ ।

भिडियोमा देशनरेश अधिकारी, कल्पना घिमिरे, सौरभ राई र युनिक राईको अभिनय छ । ज्ञानेन्द्र कोइरालाको छायांकन र सम्पादन रहेको भिडियोमा देशनरेश अधिकारीको निर्देशन छ ।