दुर्गेशलाई तीज माछा माछा भ्यागुत्तो

काठमाडौं । हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर अघिल्लो वर्ष ‘बीच्च बीच्च’मा गीत श्रोतामाझ ल्याएका गायक तथा मोडल दुर्गेश थापाले त्यही गीतको सिक्वेल ‘बीच्च बीच्च २ (एउटा फोटो खिच)’ बिहीबार सार्वजनिक गरेका छन् । यसपटकको गीतमा विश्वव्यापी कोरोना महामारीका कारण भएको आर्थिक संकटलाई प्रस्तुत गरिएको छ ।

दुर्गेशले गीतमा आफ्नी श्रीमतिलाई अघिल्लो वर्षकै तीजको साडी लगाएर फोटो खिच्न आग्रह गरेका छन् । उनले यसपटकको तीजलाई ‘माछा माछा भ्यागुत्तो’को संज्ञा दिएका छन् । गीतमा दुर्गेश थापा, राम खत्री र राजन कार्कीको शब्द तथा दुर्गेशकै संगीत छ । सहस शाक्यको एरेन्ज तथा प्रकाश मिश्राको मिक्सिङ र मास्टरिङ गीतमा छन् ।

भिडियोमा दुर्गेश थापा, जीवन सहनी, जीबी चिरन, सारिका केसी, दिपाशा बीसी, अस्मिता जुरेली, टिका जैसी, सबिता राई, एरी विष्ट, शिल्पा खड्काको अभिनय छ ।भिडियोमा शिव विकको निर्देशक, अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र रंग संयोजन छ ।