डबल पारेरमा ठुस्स एलिसा

काठमाडौं । गायक नारायण थापाको स्वरमा रहेको नयाँ गीत ‘डबल पारेर’को भिडियो सार्वजनिक भएको छ । बाबुल गिरीको शब्द तथा संगीत डान्सिङ बिटको गीतमा कमल सिंह र एलिसा राई फिचर्ड छन् ।

सन्तोष राजबाहकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । भिडियो आभूषण इन्टरटेन्टमेन्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायक नारायणको यसअघि ‘मुनामदन’, ‘कुनै दिन त भेट होला’, ‘तिम्रो मुटु मेरो मुटु’ रुचाइएका गीत हुन् ।