सुटिङ अघि योगा सिक्दै दीपिका

मुम्बई(एजेनसी) । आफ्नो प्रतिभाको कारण बलिउड अभिनेत्री दीपिका पादुकोणले कैयौं पटक आफू सक्षम कलाकार हो भन्ने कुरा प्रमाणित गरेर देखाइसकेकी छन् । उनी चाँडै नै शकुन बत्राको फिल्ममा देखिँदैछिन् । यो फिल्ममा उनी केही नयाँ काम गर्दैछिन्, जुन कामको तयारीमा उनी जुटिसकेकी छन् ।

समाचार अनुसार दीपिकाले फिल्ममा आफ्नो भूमिकाका लागि योगा सिक्न शुरु गरिसकेकी छन् । उनको योगा सिकाईलाई फिल्मको एक हिस्साको रुपमा लिइएको छ । तर यो फिल्ममा दीपिकाको योगा कुन विषयमा जोडिन्छ भन्ने कुराको निक्र्यौल छैन । किनकी हालसम्म दीपिकाको भूमिका कस्तो हुन्छ भन्नेसमेत सार्वजनिक भएको छैन ।

दीपिका दैनिक रुपमा स्क्रिप्टको केही भाग पढिरहेकी छन् । किनकी उनी सुटिङ शुरु भइन्जेलसम्म आफ्नो भूमिकाको स्पर्श गुमाउन चाहन्नन् । दीपिका हरेक फिल्ममा आफ्नो उत्कृष्ट प्रस्तुति दिन्छिन् । यसको श्रेय उनको परिश्रम, लगन र संकल्प नै हो ।