१२ भाषामा मायाको सागरमा पौडिन सिकायौ

काठमाडौं । गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको रचना रहेको गीत ‘मायाको सागरमा पौीडन सिकायौ’ १२ भाषामा सार्वजनिक भएको छ । यो गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाइ भाषामा तयार भइसकेको छ । उनले यही १२ भाषामा गीत सार्वजनिक गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम दर्ता गराएका छन् । यो गीत उपाध्यायको एल्बम ‘मायाको सागर’मा समावेश छ ।

शनिबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गीतकार उपध्यायलाई ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्ड प्रमाणपत्र प्रदान गरे । सामाजिक दुरी कायम गर्दै केही मिडियाको उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्री यादवले गीतसंगीत मार्फत उपाध्यायले धेरै विश्व रकेर्ड कायम गर्न सफल भएकोमा खुसी ब्यक्त गरे ।

गीतकार उपाध्यायले समाजका लागि केही नौलो काम गर्न खोज्दा रेकर्ड कायम भएको बताए । गीतकार उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक छन् ।