मायामा मालामाल सन्तोष र मिना

काठमाडौं । गायिका मिना कार्कीको एल्बम ‘सदिक्षा’ भित्र समावेश गीत ‘मायामा मालामाल’को भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष श्रेष्ठ र मिना कार्कीको स्वर छ । डा नवि अधिकारी(टकिन्द्र)को शब्द रहेको गीतमा गायक सन्तोषकै संगीत छ । गीतमा देवेन्द्र नेवाको संगीत संयोजन छ ।

भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठ फिचर्ड छन् । सन्तोष राजबाहकको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

यसअघि आफ्नो पहिलो गीत ’शिरमा शिरफुल’ सार्वजनिक गरेकी गायिका कार्की पेशागत हिसाबले अनुसन्धानकर्ता र सिनियर नर्स हुन् ।