स्रष्टालाई भुवन चैत्य बसुन्धरा फाउण्डेसनको पुरस्कार

काठमाडौं । भुवन चैत्य बसुन्धरा फाउण्डेसनले यस वर्षको लागि विभिन्न स्रष्टा तथा सर्जकलाई पुरस्कार प्रदान गर्ने भएको छ । फाउण्डेसनको असार २० गते बसेको बैठकले यो निर्णय गरेको छ ।

फाउण्डेसनकी अध्यक्ष बसुन्धरा भुषालको अध्यक्षतामा बसेको बैठकले नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा ६ दशक भन्दा बढी समय देखि कार्यरत नृत्य निर्देशक भैरवबहादुर थापालाई ‘हरिश भुवनचन्द पुरस्कार’, चार दशकदेखि रंगमञ्च, चलचित्र तथा सामाजिक सेवामा सक्रिय हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘चैत्य देवी सिंह पुरस्कार’ र पाँच दशकदेखि रंगमञ्च तथा फिल्ममा कार्यरत अभिनेत्री सकुन्तला शर्मालाई ‘चेतनारायण बसुन्धरा भूसाल पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । प्रत्येक पुरस्कारको रकम ५१ हजार राशीको रहेको छ ।

गत वर्षको तीनवटै पुरस्कार चलचित्र विकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई एक लाख त्रिपन्न हजार प्रदान गरिएको थियो ।