ल्याङ भोमा युवा आक्रोश

काठमाडौं । विशाल पौडेलको स्वर तथा संगीत रहेको गीत ‘ल्याङ भो’ सार्वजनिक भएको छ । गीतमा भ्रष्टाचार, सत्ता तानातानदेखि निराश देश तथा विदेशमा रहेका नेपाली युवाको आक्रोशलाई समेटिएको छ ।

रक भर्सनको गीतमा गीतकार तथा कवि विष्णु जोशीको शब्द छ । हाल लिरिकल भर्सनमा उपलब्ध गीतको भिडियो नविन निरौलाले बनाएका हुन् । लिरिकल भिडियो जोशीकै च्यानल मदर नेपाल मार्फत सार्वजनिक गरिएको छ । अमेरिकामा विज्ञानमा विद्यावारिधी गर्दै गरेका जोशी नेपाल फर्कौं महाअभियानका अभियन्तासमेत हुन् ।

‘यो गीतमा आक्रोश छ तर, विरोध मात्रै गरेर समाधान हुँदैन । गीतले सबै युवालाई जागरूक भएर स्वदेश मै धैर्यताका साथ उद्यम गरी यसै पुस्तामा देश बनाउन आव्हान गरेको छ’, गीतकार जोशीले भने ।