भटभटे माइलाको गाह्रो छ हो मलाई

काठमाडौं । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’का कलाकार बेगम नेपाली ‘भटभटे माइला’ले नयाँ हास्य टेलिशृंखला ‘गाह्रो छ हो मलाई’ निर्माण गरेका छन् । बेगमले आफ्नै युट्युब च्यानल ‘भटभटे–बिर्खे’ च्यानलमार्फत हास्य टेलिशृखला प्रसारण सुरु गरेका हुन् ।

यसको निर्माण र निर्देशन नहकुल भट्टराईले गरिरहेका छन् । राजकुमार देवकोटा, बेगम नेपाली, रियाशा दाहाल, मेलिना ठकुरी, बेगम पुन मगर, नीरकुमार तामाङ, प्रशान्त भट्टराई, पुष्पराज दाहाल, कञ्चन दाईको अभिनय रहेको टेलिश्रृंखलामा दिलीप विष्टको छायांकन र रविन्द्र खड्काको सम्पादन छ ।

टेलिश्रृंखलाको दुई भाग प्रशारणमा आइ सकेको छ । यो श्रृंखला प्रत्येक हप्ताको बुधबार युट्युबमा आउने गरेको छ ।