अनिताको तीज कस्तो ?

काठमाडौं । गायिका तथा सञ्चारकर्मी अनिता चलाउने तीज गीत ‘यस्तो बनोस् मेरो तीज’को भिडियो सार्वजनिक भएको छ । गीतमा विपिन किरणका शब्द तथा दीपक शर्माको संगीत छ ।

भिडियोमा जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँगै सागर लम्साल ‘बले’ फिचर्ड छन् । प्रिज्मा र प्रिन्सीको तीज भिडियोमा यो पहिलो अभिनय हो । भिडियोमा गम्भीर विष्टको निर्देशन छ ।

गायिका चलाउनेले आफुले भड्किलो गीत नगाएर नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो बनाएको बताइन् । केही महिना अघि ‘विदेशको पिआर छ’ बोलको गीत बनाएकी चलाउने पाँच वर्षदेखि मिडिया र संगीतमा आबद्ध छन् ।