सफलताको बाटोमा डाउन सिन्ड्रोम पीडित एली

लण्डन(एजेन्सी) । १८ वर्षकी एली गोल्डस्टीन निकै महत्वकांक्षी छिन् । पूर्वी लण्डनको यी युवा मोडल आफू प्रख्यात हुन चाहिन्छन् । तर एक एक्स्ट्रा क्रोमोजोम (गुणसूत्र) उनको सपनाको बाटोमा अवरोध बन्न सकेन । डाउन सिन्ड्रोमबाट पीडित एली विश्वकै पहिलो यस्तो मोडल बनेकी छन्, जसले वोग म्यागेजिनमा आफ्नो स्थान लिएकी छन् । ‘गुच्ची ब्यूटी’ ले आफ्नो मसकारा विज्ञापन अभियानका लागि उनलाई खोजेको थियो र वोग इटलीले उनलाई पत्रिकामा प्रकाशन गर्यो ।

एलीकी आमा वोन्नेलाई यो अफरको बारेमा पहिलोपटक फोन आएको थियो । ‘हाम्रो लागि यो विषयमा विश्वास गर्न मुस्किल भएको थियो कि यती ठूलो ब्राण्डले एलीलाई छनोट गर्यो । उनी जहिल्यै प्रख्यात हुन चाहन्थिन् । उनी जहिल्यै एक इन्टरटेनर रहिन्’, वोन्नेले भनेकी छन् ।  एलीको तस्बिरयुक्त इन्स्टाग्राममा हजारौं मानिसले कमेन्ट गरेका छन् । ‘यती धेरै लाइक मिल्यो कि म त बावली नै भएँ । त्यसमध्ये एक कमेन्ट मलाई निकै मनपर्यो । त्यो यो थियो कि म साँच्चै क्यूट छु र मेरो आइब्रोजले मलाई जलन भइरहेको छ ।’ उनले भनेकी छन् ।

एली सन् २०१७ बाट नै मोडलिङ एजेन्सी जेबीडी मेनेजमेन्टसँग काम गरिरहेकी छन् । यो एजेन्सीले मूलधारमा नरहेका मानिसहरुलाई मिडियामा स्थान दिनका लागि काम गर्दछ । चाहे त्यो विशेष आवश्यकता परेका व्यक्तिका लागि किन नहोस् । एलीको साथीले यो एजेन्सीको एक विज्ञापन टेलिभिजनमा देखेपछि उनले एलीलाई मोडलिङका लागि राजी बनाएकी थिइन् । एलीकी आमा वोन्ने छोरीले यो सफलता पाउनेमा आफूहरु पहिलेदेखि नै आशावादी रहेको बताइन् । ‘हामीले जे प्रतिक्रिया पाइरहेका छौं । त्यसबाट थाहा हुन्छ कि विश्व यो परिवर्तनका लागि तयार छ । अहिले जे कुरा भइरहेको छ, त्यसलाई सकारात्मक दृष्टिले हेर्नुपर्दछ ।’ उनले भनेकी छन् ।

तर पेरिसमा साइलेन्ट मोडल्स एजेन्सीका विन्सेन्ट पीटर एलीलाई विशेष आवश्यकीय मोडलको जस्तो सुविधा नमिलेको बताउछन् । ‘आशा छ कि गर्मीको विदा पछि आगामी फेसन विकमा मानिसहरु आउन । तर हामीसँग अहिले कोही आएका छैनन् ।’ उनले भनेकी छन् । एकातर्फ जहाँ फेसन उद्योग आफ्नो आगामी कदमको बारेमा सोचिरहेको छ, त्यही एली आफ्नो आगामी प्रोजेक्टलाई लिएर आशावादी छिन् ।