आशिषको कथात्मक गलबन्दी पछ्यौरी

काठमाडौं । गीत ‘पिरिम नलाउने’बाट चर्चामा आएका गायक आशिष सचिनको नयाँ गीत ‘गलबन्दी पछ्यौरी’ सार्वजनिक भएको छ । कोभिड १९ को प्रभावको बीच सामाजिक दूरी र सतर्कता अपनाउँदै शुक्रबार काठमाडौंमा एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा ’पिरिम नलगाउने’लाई झण्डै सात करोड पटक हेरिएको भन्दै टिमले केक काटेर सेलेब्रेसन समेत गरेको थियो । लकडाउन हुनु पुर्व नै छायांकन गरिएको गीतको भिडियो पछिल्लो समयमा काठमाडौंमा लकडाउन केही खुकुलो हुदाँ सिमित पत्रकारहरुको विच कार्यक्रम सम्पन्न भएको हो ।

चार दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटेपिङ, लिंगे पिङ, हाटबजारको दृश्यलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । ओएसआर डिजिटलको निर्माण रहेको गीतमा गायक आशिष सचिनलाई गायिक मेलिना राईले स्वरमा साथ दिएकी छिन् । ’पिरिम नलाउने’कै संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोमा सुव्रतराज आचार्यको निर्देशन छ ।

गायक सचिनसँगै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा ‘म्याकुरी’, सिंगे लामा, अरविन खड्का र आर्शिना भट्टराई फिचर्ड भिडियोमा गम्भिर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी छ । भिडियोमा अर्जुन तिवारी र टिमको छायांकन तथा नविन निरौलाको सम्पादन छ । सर्ट फिल्म शैलीमा बनाइएको प्रिक्वेल म्युजिक भिडियोमा दश बर्षअघिको गाउँघरको परिवेशमा मौलाएको युगल प्रेमलाई कथाका रुपमा चित्रित गरिएको छ ।

‘पिरिम नलाउने’लाई अहिले सम्म ६ करोड ४३ लाख पटक हेरिएको छ । गायक आशिष सचिनकै ‘एक कान दुई कान मैदान’लाई पनि २ करोड ७५ लाख पटक हेरिएको छ ।