प्रेममा खप्पिस कटरीना

मुम्बई(एजेन्सी) । अभिनेत्री कटरीना कैफ बलिउडको सुन्दरी अभिनेत्रीमध्ये एक हुन् । उनी आफ्नो सानदार अभिनय, अपियरेन्स र सरल जीवनशैलीले लाखौं मानिसको रोजाईमा पर्छिन् । भलै कटरीनाले लाखौंको हृदयमा राज गरेकी छन्, तर केही यस्ता बलिउडका कलाकार छन् । जो कटरीनाको हृदयमा बस्न चाहन्थे । कटरीनाको प्रेमको कुरा गर्दा अभिनेता सलमान खान नछुट्ने नाम हो । सलमानसँगको उनको सम्बन्धले भारतीय सञ्चारमाध्यम राम्रै छायो । दुवैले विवाह गरेको खबर पनि नआएको होइन । तर उनीहरुले यो कुरालाई कहिल्यै स्वीकारेनन् ।

बलिउडका खेलाडी कुमार अर्थात् अभिनेता अक्षय कुमारको नाम हालसम्म कैयौं अभिनेत्रीहरुसँग जोडिएको छ । यसमा कटरीना पनि पर्छिन् । यो जोडीले बलिउडमा निकै हिट फिल्म दिएका छन् । अक्षय विवाहित भएका कारण उनीहरुको अफेयर लामो समयसम्म चल्न सकेन । कटरीनाको नाम बलिउडको चकलेटी अभिनेता रणवीर कपूरसँग पनि जोडिएको छ । उनीहरु एक समयमा निकै नजिक थिए, तर यहाँ कटरीनाका लागि निराश मात्र थियो । उनीहरु फिल्म ‘राजनीति’मा जोडिए, त्यसपछि अलग्गिए ।

कटरीनाको अभिनेता सिद्धार्थ मल्होत्राका साथ एक लव एंगल पनि भएको थियो । रणवीरसँग अलग्गिएपछि कटरीना सिद्धार्थसँग नजिकिइन् । दुवैले फिल्म ‘बार बार देखो’मा काम गरे । दुवै जना फिल्मको गीत ‘काला चस्मा’बाट चर्चामा आए । तर कटरीना आफैं सिद्धार्थसँगको सम्बन्धबारे खण्डन गर्छिन् । सन् २०१९ मा कटरीनाको नाम अभिनेता विक्की कौशलसँग पनि जोडियो । कोरोना संक्रमण अघि उनीहरु एकसाथ पार्टी र डिनरमा जाने गर्दथे । उनीहरुले आफूहरुको नजिकपनाको बारेमा कहिल्यै खुलेर कुरा गरेनन् ।