डीआरको गीतमा मनोज र समियाको रोमान्स

काठमाडौं । गीत लेखेरै १५ विश्व रेकर्ड राखेका गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘साक्षी राखेर भगवानलाई’ को भिडियो सार्वजनिक भएको छ । गीतमा राज सागरको स्वर तथा संगीत छ ।

गीतको भिडियो सुभाष प्रधानले निर्देशन गरेका हुन् । भिडियोमा मनोज ओली र समिया कार्की फिचर्ड छन् । डम्बर राईको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो डीआर म्युजिक एण्ड क्रिएशनमार्फत सार्वजनिक गरिएको छ ।

अहिलेसम्म १९ एल्बममार्फत सयौं गीत संगीत सार्वजनिक गरेका गीतकार उपाध्यायको दश उपन्यास पाठकमाझ आएका छन् ।