काठमाडौं । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले आफ्नो डेब्यू फिल्म ‘फेरि भेटौंला’को स्मरण गरेकी छन् । उनले ट्वीटरमा फिल्मको एक तस्बिर शेयर गर्दै स्मरण गरेकी हुन् । अर्को नेपाली फिल्ममा मनिषा अनुबन्धित भएपछि यो फिल्म पूर्ण हुन सकेन ।
उनले तस्बिर शेयर गर्दै ‘कोहीले मेरो पहिलो फिल्म फेरि भेटौंंलाको समयको यो तस्बिर पठाइदिनुभएको रहेछ । यो धेरै समय अघिको कुरा हो । पोखरा । मेरो पहिलो फिल्म’ लेखेकी छन् । तस्बिरमा उनी पिंक रंगको कुर्ता सुरुवाल लगाएर अभिनेता प्रकाश अधिकारीसँग देखिएकी छन् ।
Someone sent this picture on net of my first film #pheribhetuala many moons ago in #Pokhara #myfirstfilm pic.twitter.com/0C6fZoUHDC
— Manisha Koirala (@mkoirala) July 9, 2020
फिल्म ‘फेरि भेटौंला’ पछि मनिषाले सन् १९९१ मा राजकुमार र दिलीप कुमारसँग फिल्म ‘सौदागर’मार्फत बलिउडमा डेब्यू गरिन् । सुबास घईले निर्देशन गरेको यो फिल्ममा अमरिष पुरीको पनि अभिनय थियो । फिल्ममा वीरु र राजेश्वरको दोस्ती कसरी दुस्मनीमा परिणत हुन्छ भन्ने देखाइएको थियो । एकअर्काको दुस्मन रहँदा उनीहरुको नाति नातिना भने प्रेममा परेका हुन्छन् ।
मनिषाले झन्डै दुई दशक बलिउडमा आधिपत्य जमाइन् । त्यसपछि सन् २००९ मा उनले दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘धर्मा’मार्फत नेपाली फिल्ममा पुनरागमन गरिन् ।