अमरको गीतमा धनको कुरा

काठमाडौं । गायक अमर राईको एलबम ‘इमोर्टल’मा समावेश गीत ‘के पायौ र धन ?’ को भिडियो सार्वजनिक भएको छ । गीतमा जितेन लेप्चाको शब्द र संगीत छ ।फणिन्द्र राईको संगीत संयोजन रहेको गीतमा सुमन खड्काको मिक्सिङ छ ।

भिडियोमा विकास लामिछाने र सिर्जना जिसी फिचर्ड छन् । मिलन शंकरको निर्देशन एवं छायांकन रहेको भिडियोमा उत्तर मगरको सम्पादन छ ।