रणवीरका डुप्लिकेट जुनैदको निधन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर कपूरका डुप्लिकेट काश्मिरका युवक जुनैद शाहको हृदयघातका कारण निधन भएको छ । २८ वर्षे उनले श्रीनगरस्थित घरमा अन्तिम श्वास फेरेका थिए ।

काश्मिरका पत्रकार युसुफ जमीलले यो घटनाको बारेमा ट्वीट गर्दै जानकारी दिएका हुन् । ‘हाम्रो पुराना छिमेकी निसार अहमद शाहका छोरा जुनैदको रात हृदयघातका कारण निधन भएको छ । मानिसहरुले उनलाई बलिउड अभिनेता रणवीर कपूरको डुप्लिकेट मान्थे । उनी आफ्नो बिरामी पिता, आमा र पुरा कश्मीरका लागि ठूला आशा, शक्ति र मोक्षका रुपमा थिए’, उनले ट्वीट गरेका छन् ।

उनका अनुसार जुनैद र उनका अभिभावक एक महिना अघि मुम्बईबाट फर्किएका थिए । उनले अनुपम खेरको अभिनय स्कुलमा नाम लेखाएका थिए । उनलाई मुटुको केही समस्या थिएन । जुनैदको तस्बिर सामाजिक सन्जालमा भाइरल भएपछि रणवीरका पिता ऋषि कपुर पनि अचम्मित भएका थिए ।