मिल्टेरीको जुत्तामा आश्मा र सरोजको अनौठो प्रेम

काठमाडौं । गायक पवन गिरीको स्वरमा रहेको लोकलयमा आधारित गीत ‘मिल्टेरीको जुत्ता’को भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश दाहालको शब्द र टिका दाहालको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन छ ।

भिडियोमा सरोज अधिकारी र आश्मा विक फिचर्ड छन् । गम्भीर बिस्टको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, जीवन थापाको सम्पादन रहेको भिडियोमा दीपक आचार्य ‘काकु’को निर्देशन छ ।

भिडियो वाइड लेन्स प्रोडक्सनको च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा प्रज्जवल गजुरेल र विनोद भारतीको लगानीमा निर्माण गरिएको हो ।