मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री प्रियंक चोपडाले आफ्नो अभिनयको बलले नै बलिउडदेखि हलिउडसम्म नामलाई स्थापित गरिन् । वर्तमान समयमा उनलाई फिल्ममा लिन चाहनेको संख्या बाक्लो छ । हरेक अभिनेत्रीको सपना अहिले प्रियंकाकै स्थानमा पुग्ने छ । बलिउडदेखि हलिउडसम्मको यात्रामा प्रियंकाले कैयौं विवादको सामना गर्नुपर्यो ।
प्रियंकाको विवादको यात्रा त्यहाँबाट शुरु भयो, जुन समयमा उनी अभिनेत्री करिना कपूरका साथ करण जोहारको शो ‘कफी विद करण’मा पुगिन् । करिनाले शोमा प्रियंकाको उच्चारणका बारेमा प्रश्न गर्दै उनले यति धेरै कहाँबाट ल्याउछिन् भनेर सोधेकी थिइन् । प्रियंकाले करिनाको प्रश्नको उत्तर निकै कडा रुपमा दिएकी थिइन् । उनले ‘जहाँ करिनाका प्रेमी सैफ अली खानले लिएर आउँछन्, त्यहीबाट’ भनी उत्तर दिएकी थिइन् । कुनै समय प्रियंका अभिनेता अक्षय कुमारसँग प्रेममा थिइन् । एक फिल्ममा सँगै काम गर्दा प्रियंका अक्षयसँग नजिकिइन् । जब यो कुरा अक्षयकी श्रीमति ट्वींकलको कानमा पर्यो, उनले अक्षयलाई सधैंका लागि प्रियंकासँग काम गर्न बन्देज लगाइन् ।
अक्षयका अलावा प्रियंका शाहरुख खानका साथ फिल्म ‘चन्द’मा काम गर्दा नजिकिएकी थिइन् । फिल्म ‘डन’ र ‘डन २’को प्रमोसनका समयमा उनीहरु निकै नजिकिए । अक्षयको श्रीमतिको जस्तै शाहरुखकी पत्नी गौरीलाई पनि यो कुरा मनपरेको थिएन । तर शाहरुखले भने यी कुरालाई बकवास भनेका थिए । अभिनेता सलमान खान र अभिनेत्री प्रियंकाबीचको विवाद प्रियंकाले फिल्म ‘भारत’ छोडेपछि भएको हो । प्रियंकाले आफ्नो विवाहको कारण देखाउदै ‘भारत’बाट बाहिरिइन् । उनी बाहिरिएपछि फिल्ममा कटरिना कैफको प्रवेश भयो । प्रियंकाले सलमानको फिल्म ‘मैं और मिसेज खन्ना’ बाट पनि हात झिकेकी थिइन् ।
प्रियंका आफ्नो पहिरनका कारण पनि विवादमा आइरहन्छिन् । एकपटक उनी स्टेजमा हलिउडको गीत गाइरहेकी थिइन् । त्यो समयमा मानिसहरुको ध्यान प्रियंका भन्दा पनि उनको पहिरनमा थियो । मानिसहरुले प्रियंकालाई घुरेर हेरिरहेका थिए, उनी निकै लाइट स्ट्रेट स्कर्ट लगाएर मञ्चमा पुगेकी थिइन् ।