ममता कुलकर्णीको जीवनीमा फिल्म

मुम्बई(एजेन्सी) । एक समयकी बलिउडकी शानदार अभिनेत्री तथा ‘करण अर्जुन’ जस्ता धमाकेदार फिल्ममा सलमान खानको अपोजिटमा अभिनय गर्ने अभिनेत्री ममता कुलकर्णीकोका जीवनीमा फिल्म बन्ने भएको छ । ममताको जीवनको अधिकांश समय विवादमा रहँदै आएको छ । यही विवादका विषयलाई लिएर बलिउड निर्देशक निखिल द्विवेदीले फिल्म बनाउन लागेका हुन् ।

निर्देशक निखिलका अनुसार उनी ममताको बारेमा फिल्म बनाउने विचार गरिरहेका छन् र चाँडै नै यसको घोषणा गर्नेछन् । उनले बिलाल सिद्दीकीको पुस्तकबाट सबै अधिकार किनेका छन् र यसै आधारमा उनले फिल्म बनाउनेछन् ।

ममताले ९० को दशकमा कैयौं धमाकेदार फिल्म दिइन् । उनी एक समय बलिउडकै हिट अभिनेत्री थिइन् । तर गलत कारणले उनको छवि बिग्रियो र बलिउडलाई छाडिन् । बलिउड छोडेपछि उनले लागु औषध माफियासँग विवाह गरिन् । उनले ‘करण अर्जुन’, ‘नसीब’, ‘सबसे बडा खिलाडी’, ‘आशिक आवारा’, ‘छुपा रुस्तम’ जस्ता हिट फिल्ममा अभिनय गरिन् । ममता सन् ९० को दशकको एक बोल्ड अभिनेत्री थिइन् । उनको बोल्डनेस त्यो समयमा प्रायः सबै फिल्ममा देखिन्थ्यो ।