डेटिङमा जान कार्तिकको यस्तो शर्त

मुम्बई(एजेन्सी) । अभिनेता कार्तिक आर्यन बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन् । उनको फ्यान आफ्ना मनपर्ने अभिनेताको फिल्मको व्यग्र प्रतिक्षा गरिरहेका छन् । कार्तिक भन्नासाथ उनको लभ अफेयर्सको कुरा पनि जोडिन्छ । तर उनले आफूले अहिले कोसँग डेट गरिरहेका छन् भन्ने कुरा केही खुलाएका छैनन् ।

केही समयअघि उनले दिएको एक अन्तरवार्तामा आफूसँग डेटमा जाने युवतीमा हुनुपर्ने गुणका बारेमा बताएका थिए । ‘मलाई महत्वकांक्षी युवती मनपर्छ । जो प्रेरणादायक होस् र आफ्नो छाप छोड्न सकोस् । त्यो युवती जो आफ्नो लक्ष्य पाउनका लागि सबै बाधा अवरोधसँग लडोस् । साइना नेहवाल, मेरी कोम, गुञ्जन सक्सेना, बरखा दत्त जस्ता युवतीसँग डेट गर्न चाहन्छु ।

कार्तिक उनको कोस्टार सारा अली खानसँग डेटमा रहेको खबरले चर्चामा आएका थिए । यद्यपि दुवैले आफूहरुको सम्बन्धका बारेमा केही बोलेका छैनन् । सारा र कार्तिकको डिनर डेटदेखि लिएर आउटिङसम्मको गतिविधिले उनीहरुको सम्बन्धका बारे कुराकानीको माध्यम बनेको थियो ।