फिल्मको कमाई कहाँ खर्चिन्छिन् कटरीना ?

मुम्बई(एजेन्सी) । बलिउडकी टप अभिनेत्रीहरुमध्येकी कटरीना कैफले सन् २००३ मा हिन्दी फिल्ममा डेब्यू गरिन् । वर्तमान समयमा उनी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीमा पर्दछिन् । आफ्ना १७ वर्षे लामो फिल्मी करियरमा उनले कैयौं हिट फिल्म दिएकी छन् । यसबाहेक कैयौं ठूला ब्राण्डका विज्ञापनमा काम पनि गरेकी छन् । उनी फोब्र्स २०१९ को सूचीमा सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय कलाकारमा २३ औं स्थानमा थिइन् । फोब्र्सका अनुसार कटरीनाको वार्षिक आम्दानी २३ दशमलब ६३ करोड छ ।

सन् २०१९ मा कटरीना अभिनेता सलमान खानका साथ फिल्म ‘भारत’मा देखिएकी थिइन् । फिल्मले ३ सय करोडको कमाई गरेको थियो । उनी यो वर्ष अक्षय कुमारका साथ फिल्म ‘सूर्यवंशी’मा देखिँदैछिन् । यसबाहेक कटरीना सन् २०१९ मै रीबोकको ब्राण्ड एम्बासेडर बनिन् । उनी लेन्सकार्ट, ट्रोपिकाना, स्लाइस जस्ता ब्राण्डको विज्ञापनका लागि मोटो रकम लिन्छिन् ।

एक राम्रो अभिनेत्रीका अलावा कटरीना एक व्यापारी पनि हुन् । उनले सन् २०१८ मा आफ्नो ब्यूटी ब्राण्ड के ब्युटी सार्वजनिक गरेकी थिइन् । कटरीनाको यो ब्यूटी ब्राण्डलाई कैयौं सेलिब्रेटीले आफ्नो सामाजिक सन्जालमा प्रवद्र्धन गरेका थिए ।

कटरीनाले आफ्नो कमाईबाट मुम्बईको अँधेरी इलाकामा एक घर किनेकी छन् । जहाँ उनी आफ्नो बहिनीका साथ बस्छिन् । उनी प्रायः आफ्नो घरको तस्बिर सामाजिक सन्जालमा राखिरहन्छिन् ।कटरीनालाई गाडीको शोख उस्तै छ । सन् २०१९ मा उनले आफ्ना लागि २ दशमलब ६५ करोडको रेन्ज रोवर गाडी किनिन् । यसबाहेक उनीसँग ओडी क्यू ७ पनि छ । जसको मूल्य करिब १ करोड पर्दछ ।