जापानी अभिनेता हरुमा मृत भेटिए

टोकियो(एजेन्सी) । जापानी अभिनेता हरुमा मिउराको निधन भएको छ । उनी ३० वर्षका थिए । हरुमालाई टोकियोस्थित उनको मिनाटो वार्ड अपार्टमेन्टमा मृत अवस्थामा भेटिएको थियो । यी अभिनेतालाई अस्पताल पुर्याउनासाथ अस्पतालले मृत घोषणा गरेको थियो । केहीले उनको मृत्युलाई आत्महत्या भनेका छन् । किनकी उनको कोठामा सुसाइड नोट भेटिएको थियो ।

हरुमाका मेनेजरले पहिला मृत्युको खबर पाएका थिए । हरुमासँग कामको सिलसिलामा मेनेजर उनको अपार्टमेन्टमा पुग्दा हरुमालाई मृत अवस्थामा भेटेका थिए । टोकियो मेट्रोपोलिटन पुलिस यो मामलामा अनुसन्धान गरिरहेको छ । हालसम्म उनको मृत्युको स्पष्ट कारण थाहा हुन सकेको छैन ।

हरुमालाई खास रुपमा दर्शकले एडभेन्चर ड्राम ‘अट्याक’मा एरेन जेगरको भूमिकाका लागि चिन्दछन् । उनले ‘इमा एई नी युकीमासू’, ‘अनफेयर द लास्ट सिंड्रेला’, ‘नेवर लेट मी गो’, ‘एडल्ट स्कूल’, ‘डाइङ आई’ र ‘टू वीक’ जस्ता टेलिभिजन शो सञ्चालन गरेका थिए ।