शम्भुले ल्याए एनी हौ आँखैमा झलझली

काठमाडौं । गायक शम्भु राईको नयाँ गीत ‘एनी हौ आँखैमा झलझली’ को भिडियो सार्वजनिक भएको छ । पूर्वेली लोक गीतका बादशाहका रुपमा परिचित शम्भुको गीतमा गायिका अञ्जु गौतमले पनि साथ दिएका छन् ।

अञ्जुले सय बढी गीतमा आवाज दिईसकेकी छिन् । उनी पूर्वेली लोक गीत संगीतमा अब्बल मानिएकी गायिका हुन् । ‘एनी हौ आँखैमा झलझली’ गीतमा शब्द÷संगीत पनि गायक शम्भुकै रहेको छ ।

भिडियोमा अनिता गोले, उमेश राई ‘फूलन्देको आमा’, ज्योती खड्का, पारबन राई ‘राई बुढा’, कमल सिंह लगायत फिचर्ड छन् । अभी लामाको निर्देशन तथा युद्धा लामाको कोरियोग्राफी रहेको भिडियोमा सुर्य लामाको छायांकन तथा सम्पादन छ । गीतलाई श्रद्धा रेकर्डिङ स्टुडियोले प्रस्तुत गरेको हो ।