मुम्बई(एजेन्सी) । बलिउडकी सदाबहार अभिनेत्रीको जीवन कुनै फिल्मको कथा भन्दा कम छैन । ७० देखि ८० को दशकमा बलिउडमा राज गरेकी अभिनेत्री रेखाले कहिल्यै आफूलाई सुपरस्टार मानिन्, उनी केवल कलाकारकै रुपमा लिइन् । चार सय बढी फिल्ममा काम गरिसकेकी उनले दर्शकबाट धेरै माया पाइन् । तर कमैलाई मात्र थाहा होला, रेखा आफ्नो कुनै पनि फिल्म हेर्न रुची राख्दिनन् ।
रेखाले सन् १९६६ मा दक्षिण भारतीय फिल्म ‘रंगुला रत्नम’बाट आफ्नो फिल्मी यात्रा शुरुवात गरेकी थिइन् । आफ्नो ५४ वर्षको लामो फिल्मी करियरमा उनले कैयौं सम्झनालायक फिल्ममा काम गरिन्, तीन पटक फिल्म फेयर र एक पटक राष्ट्रिय फिल्म पुरस्कार पनि जितिन् । उनले भारतको सबैभन्दा ठूलो सम्मान पद्मश्री पनि पाइन् ।
रेखाको फिल्म ‘उमराव जान’लाई दर्शकले धेरै मनपराए । यो फिल्ममा उनको सुन्दरतालाई दर्शकले यति मनपराए कि आज पनि दर्शकले उनलाई ‘उमराव जान’ भनेरै बोलाउछन् । तर रमाइलो कुरा के छ भने दर्शकले मनपराएको फिल्म उनी चाहिँ मनपराउदिनन् ।