अमिताभलाई महानायक बनाउने यी सात फिल्म

मुम्बई(एजेन्सी) । यदि आज बलिउडमा सबैभन्दा ठूलो अभिनेता को छन् भनेर कसैले सोध्यो भने सबैको उत्तर निश्चय नै अमिताभ बच्चन नै हुन्छ । जब उनी ठूलो। चौडा शरीर र बुलन्द आवाजका साथ पर्दाको अगाडि आए, त्यो बेला फ्यानको भीडले यी महानायकको भव्य स्वागत गर्यो । अमिताको नाममा दर्जनौं फिल्म छन्, तर उनको करियरको सात यस्ता फिल्म छन्, जुन फिल्मले उनलाई महानायक बन्न इँटा थप्ने काम गर्यो ।

फिल्म ‘जंजीर’ले बक्सअफिसमा सफलताको एउटा नयाँ इतिहास लेख्यो । फिल्मले हिन्दी फिल्मको एउटा रिस देखायो । फिल्मले अमिताभलाई एक रिसाहा अभिनेताका रुपमा दर्शकमाझ स्थापित गरायो । अर्को फिल्म ‘डन’ आज पनि उत्तिकै चर्चित छ । फिल्मले बक्सअफिसमा सुपरहिट कमाई गर्यो । फिल्ममा अमिताभ दोहोरो भूमिकामा देखिएका थिए । यो फिल्म रिलिज पछि उनको अभिनयदेखि लिएर फेशन शैलीले खुब चर्चा पाएको थियो ।

फिल्म ‘शोले’लाई दर्शकले किन भूल्छन् र ? धर्मेन्द्र र अमिताभको जोडीले अभिनय गरेको फिल्मले हिन्दी फिल्मको इतिहासमा एउटा ठूलो उपलब्धि हासिल गर्यो । सन् १९७५ को यो फिल्मले अमिताभसँगै धर्मेन्द्रको जीवनको सबैभन्दा सफल र यादगार बनायो । फिल्म ‘दीवार’ अमिताभको अर्को नाम नछुट्ने फिल्म हो । फिल्ममा अमिताभको साथीका रुपमा अभिनेता शशी कपुर थिए । फिल्ममा अमिताभको भूमिका आजीवन अमर रह्यो । फिल्म ‘शराबी’मा अमिताभको अभिनय उत्तिकै मन्त्रमूग्ध बनाउने किसिमको थियो । फिल्मको गीत निकै लोकप्रिय भयो ।

‘फिल्म ‘अजुबा’मा अमिताभ अलग रुपमा आए । यो फिल्म सोचेजस्तो सफल हुन सकेन । तर यो फिल्म हेर्ने अधिकांश दर्शकले अमिताभको खुलेर तारिफ गरे । ‘अग्नीपथ’मा अमिताभको रिसाहा लुक्सले सबैलाई हैरानै पारिदियो । यसमा उनको आवाजको जादुले मानिसलाई मोहित बनायो । फिल्मको संवाद पनि लोकप्रिय बन्यो ।