घरबेटीमा रोमान्टिक डिट्ठा साब

काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा गायकगायिका राधिका हमाल, बद्री पंगेनी, जमुना राना र राजेन्द्र भण्डारीको स्वरमा रहेको गीत ‘घरबेटी’ को भिडियो सार्वजनिक भएको छ ।

विश्वभर फैलिएको कोरोनाले पारेको प्रभावलाई गीतमा समावेश गरिएको छ । डेरामा बस्ने आम नागरिकको पीडालाई गीतमा लयात्मक रुपमा प्रस्तुत गरिएको छ । लकडाउनको अवस्थामा भाडा तिर्न नसक्दा भोगेको पीडालाई गीतमा समावेश गरिएको छ । राधिका हमालको शब्द सिर्जना तथा लय सिर्जना गीतमा छ । गीतमा कृष्ण पुनको एरेन्ज छ ।

भिडियोमा बबिता बानियाँ ‘जेरी’, किशोर भण्डारी ‘डिट्ठासाब’, सन्तोष खनाल, दीपाशा बिसी ‘जलपरी’ र सुयषा खनाल फिचर्ड छन् । भिडियोमा दुर्गा पौडेलको छायांकन, नविन घर्ति मगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन छ ।