शिवा र प्रकाशको चुलबुले बैस

काठमाडौं । गायिका शिवा केसी र गायक प्रकाश कँडेलको तीज गीत ‘चुलबुले बैस’को भिडियो सार्वजनिक भएको छ । गीतमा मायालु जोडीको प्रेमको प्रसंगलाई गीतमा समेटिएको छ । गीतमा अर्जुन सुवेदीको शब्द तथा सुरज पुनको लय सिर्जना छ ।

भिडियोमा महेन्द्र गौतम, अनिता बस्नेत र रविना भण्डारीको अभिनय छ । भिडियोमा दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन तथा शंकर विसीको निर्देशन छ ।