जुठो भाडाले सम्बन्धविच्छेद !

ओहियो(एजेन्सी) । पति र पत्नीबीचको सम्बन्ध प्रेममा अडिएको हुन्छ । तर कहिलेकाँही प्रेममा दरार आउँछ । यस्तो दरार साधारण कुराले पनि हुन्छ । त्यस्तो कुरा रिसाउनेदेखि झगडासम्ममा पुग्दछ । तर तपाईंले कहिल्यै जुठो भाडाकुडाले कसैको सम्बन्धविच्छेद भएको सुन्नु भएको छैन होला ।

ओहियो निवासी मेथ्यू फ्रे नामका एक व्यक्तिको जीवनमा यस्तै एउटा घटना भएको छ । जुठो भाँडा बेसिनमा राखेकै कारण उनकी श्रीमतिले सम्बन्धविच्छेद गरेकी छन् । जुठो भाडा राखेका कारण श्रीमतिको मुड खराब भएको र त्यसपछिको झगडाले सम्बन्धविच्छेद गर्नुपरेको उनले खुलाए । उनीहरुले नौ वर्षको वैवाहिक सम्बन्धलाई एउटा सानो कारणले टुंग्याएका हुन् । मेथ्यूले आफ्नो वैवाहिक जीवनमा आएको संकट पछि उनले अन्यलाई सल्लाह दिन थालेका छन् ।

‘तपाईं यस्तो कैयौं गल्ती गर्नुहुन्छ, जसले तपाईंको श्रीमतिको मुड बिगारिदिन्छ । जुन कुरा बिग्रदै गएपछि सम्बन्धविच्छेदसम्म पुग्छ । मेरो वैवाहिक जीवन सफल हुन सकेन तर अब अरुको मेरै जस्तो कारणले वैवाहिक जीवनमा बिग्रिएको हेर्न चाहन्नँ ।’ उनले भनेका छन् ।