मोबाइल धेरै चलाउदा विकलांग

आयरल्याण्ड(एजेन्सी) । मोबाइल चलाउदा के कोही विकलांग हुन सक्छ ? यो कुरा सुन्दा सायदै धेरैलाई असहज लाग्ला । तर आयरल्याण्डमा एउटा यस्तै घटना भयो । यहाँकी एक महिलाले कहिले पनि मोबाइल चलाउदा आफू विकलांग हुनुपर्छ भनेर कहिल्यै सोचेकी थिइनन् ।

आजकल मानिसलाई मोबाइल जिन्दगीको अहम हिस्सा बनेको छ । तर मानिसलाई थाहा छैन कि मोबाइलको लतको भयानक दुष्प्रभाव कति हुन्छ भनेर ?आयरल्याण्डकी महिलाका अनुसार मोबाइलको अधिक प्रयोगले उनले आफ्नो हात नै काट्नु परेको छ । मोबाइलमा अधिक म्यासेज टाइप गरेका कारण उनको यो अवस्था आएको हो । टाइप गरेका कारण हातका औलामा समस्या आएपछि उनले आफ्नो ज्यान बचाउनकै लागि यो कठोर निर्णय लिएकी हुन् ।

‘नोभेम्बर २०१८ मा मलाई हातमा दुखाईको अनुभव भयो । मलाई लाग्यो कि धेरै फोन चलाउदा यस्तो भयो । यसपछि मैले विस्तारै यसबारे ख्याल गर्न थालें । एक वर्षसम्म मेरो दाहिने हातको दुखाई कम भएन । त्यसपछि मैले डाक्टरसँग भेट गर्ने निर्णय लिएँ,’ एमी नामकी महिलाले भनेकी छन् ।

डाक्टरसँग भेट गरेपछि डाक्टरले एमीलाई उनको हातमा क्यान्सर भएको बताएका थिए । क्यान्सर शरीर भरी फैलिएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि हात काट्नुपर्ने डाक्टरले सल्लाह दिए । ‘डाक्टरको कुरा निकै डरलाग्दो थियो । मेरो लागि यो निकै कठिन समय थियो’, उनले भनेकी छन् । अन्ततः उनले आफ्नो हात कटाउने निर्णय लिइन् । एमीको जीवनमा अचानक आएको यो परिस्थितिबाट बाहिर निस्कन उनलाई निकै समय लाग्यो ।