कलाकार गोपाल राउतको निधन

काठमाडौं । पुराना कलाकार गोपाल राउतको हृदयघातको कारण अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा निधन भएको छ । ‘रुपमती’, ‘गुलाफ एकैपटक फूल्छ’लगायतका दर्जन बढी टेलिफिल्ममा अभिनय गरेका छन । उनी ‘प्रेमयुद्ध’, ‘दोधार’लगायतका फिल्मका कलाकार पनि हुन् ।

पारिवारिक स्रोतका अनुसार कार्यस्थलमा काम गरिरहँदा उनलाई अकस्मात हृदयघात भएको थियो । उनको अन्त्येष्टि आगामी शुक्रबार नेपाली परम्परा अनुसार गरिनेछ । उनको एक श्रीमती दुई छोरा र एक बुहारी छन् ।