अभिनेता अनुपम आइसीयूमा भर्ना

मुम्बई(एजेन्सी) । टेलिभिजनदेखि लिएर बलिउडका फिल्ममा आफ्नो अभिनयको कला देखाएका अभिनेता अनुपम श्याम अस्वस्थ भएका छन् । उनलाई गोरेगाउँको लाइफलाइन अस्पतालको आइसीयूमा भर्ना गरिएको छ । कैयौं फिल्ममा अभिनय गरिसकेका अनुपमले बलिउड अभिनेता आमिर खान र सोनू सूदलाई सहयोगको लागि गुहार मागिरहेका छन् ।

समाचार अनुसार अनुपम केही दिनदेखि मृगौलाको समस्याबाट पीडित थिए । अनुपम स्टार प्लस टेलिभिजन शो ‘मनकी आवाज प्रतिज्ञा’मा ठाकुर सज्जन सिंहको भूमिकामा अभिनय गरिरहेका थिए । उनको यो भूमिकालाई दर्शकले रुचाएका थिए । अनुपमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि अभिनेता मनोज वाजपेयीले सहयोगको लागि हात अगाडि बढाएका छन् ।

अनुपमले ‘लज्जा’, ‘नायक’, ‘दुबई रिटर्न’, ‘परजानिया’, ‘हजारों ख्वाहिशें ऐसी’, ‘शक्तिः द पावर’, ‘बैंडिट क्वीन’सँगै ‘स्लमडग मिलियनेयर’ मा पनि काम गरिसकेका छन् ।