अन्तिम चरणमा किशोरको एल हाउस

काठमाडौं । अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको फिल्म ‘एल हाउस’को छायांकन अन्तिम चरणमा पुगेको छ । शत्रुधन अन्सारी तथा राम महर्जनको निमार्ण रहेको फिल्ममा नेपाली समाज भित्रको नालीबेलीलाई समेटिएको छ ।

लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ फिल्मको निमार्णमा जुटेको प्रस्तुतकर्ता कला राईले बताइन् । फिल्ममा किशोर खतिवडा, नवनायिका रमिला श्रेष्ठ, दिप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा , गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, बसन्त बर्माको अभिनय रहेको छ ।

फिल्ममा दिवश गुरुङको छायांकन, देव महर्जनको द्वन्द्व, शिषम राईको श्रृंगार, राजन महर्जनको कोरियोग्राफी, विश्वास भण्डारीको सम्पादन छ । फिल्ममा तीन गीतहरु समावेश गरिने छ । गीतमा संगीत राजु लामा र छायाँ प्रसाईको रहेको छ ।