सुशान्त र रियाको प्रेमः सुटिङमा भेट, नम्बर साटासाटले घनिष्टता

मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि अभिनेत्री रिया चक्रवर्ती चर्चामा छिन् । सुशान्त र रिया कुनै पार्टी होस् या रेष्टुरेन्ट प्रायः सँगै देखिन्थे । आफुहरुको सम्बन्धको बारेमा उनीहरु कहिल्यै खुलेनन् । तर सुशान्तको मृत्युको एक महिना पछि रियाले आफ्नो मुख खोलिन् र सामाजिक सन्जालमा आफू सुशान्तको प्रेमिका भएको खुलाइन् । रियाले प्रहरीलाई दिएको बयानमा पनि आफू सुशान्तको प्रेमिका भएको बताएकी छन् ।

तर अहिले सुशान्तका पिताले उनका विरुद्ध पटना प्रहरीमा एफआईआर दर्ता गराएका छन् । पटना प्रहरीका अनुसार सुशान्तका पिता केके सिंहले रियाका विरुद्ध एफआईआरमा पैसा उठाउने र आत्महत्याका लागि प्रोत्साहन गरेको दाबी गरिएको छ । केही दिन अघि रियाले गृहमन्त्री अमित शाहलाई ट्वीट गर्दै यो घटनाको अनुसन्धान सीबीआईबाट गराउन माग गरेकी थिइन् ।

रियाको जन्म एक जुलाई १९९२ मा बेंगलुरु(कर्नाटक)मा एक बंगाली परिवारमा भएको थियो । उनले आफ्नो शुरुवाती पढाई आर्मी स्कूल अम्बालाबाट गरेकी थिइन् । उनले करियरको शुरुवात सन् २००९ मा छोटो पर्दाको एमटीवी रियालिटी शो ‘टीन डीवा’बाट गरेकी थिइन् । यो शोमा उनी दोस्रो भएकी थिइन् । यसपछि उनी एमटीभीको कैयौं शोको होस्टका रुपमा देखिइन् । जसमा ‘एमटीवी वाट्स अप’, ‘टिक टक कलेज बीट’ र ‘एमटीवी गन इन ६०’ प्रमुख थिए ।

सानो पर्दामा काम गरेपछि रियाले दक्षिण भारतीय फिल्ममा काम गरिन् । सन् २०१२ मा उनले पहिलो तेलुगू फिल्म ‘तुनीगा तुनीगा’मा काम गर्ने अवसर पाइन् । सन् २०१३ मा बलिउड फिल्म ‘मेरे ड्याड की मारुती’मा काम गरिन् । यो फिल्ममा रियाका साथ साकिब सलिमको पनि अभिनय थियो । २०१४ मा रियाले अली फजलको फिल्म ‘सोनाली केबल’मा अभिनय गरिन् । सन् २०१४ पछि उनले सन् २०१७ मा यशराज ब्यानरको फिल्म ‘बैंक चोर’ र त्यही वर्ष फिल्म ‘हाफ गलफ्रेण्ड’ र ‘दोबाराः सी योर इविल’मा छोटो भूमिकामा अभिनय गरिन् । सन् २०१८ मा उनले ठूलो फिल्म ‘जलेबी’मा काम गर्ने अवसर पाइन् । रिया र सुशान्त एकैपटक निर्देशक रुमी जाफरीको फिल्ममा आउन तयारीमा थिए । तर फिल्मको नाम अहिलेसम्म सार्वजनिक भएको छैन ।

सुशान्तसँग रियाको पहिलो भेट सन् २०१३ मा भएको थियो । यो समयमा सुशान्त फिल्म ‘शुद्ध देसी रोमान्स’मा काम गरिरहेका थिए । रिया पनि ‘अपनी ड्याडकी मारुती’मा काम गरिरहेकी थिइन् । उनीहरु दुवै फिल्मको सेट आसपास थिए । सुटिङ सेटमा भएको उनीहरुको भेट विस्तारै पार्टीमा बाक्लिन थाल्यो र मिल्ने साथी भए ।
जुन समयमा रिया र सुशान्तबीच घनिष्टता बढ्यो, त्यो समयमा अंकित लोखन्डे सुशान्तको जीवनमा आइसकेकी थिइन् । रियासँग सम्बन्ध बाक्लिएपछि उनीहरुले एकअर्काको मोबाइल नम्बर साटासाट गरे । सम्बन्ध जति बाक्लिए पनि उनीहरुले आफ्नो सम्बन्धका बारेमा कहिल्यै खुलेर कुरा गरेनन् ।