हरिवंश सोध्दैछन् तिमी केको जान्ने ?

काठमाडौं । अभिनेता तथा गायक हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने’ को भिडियो सार्वजनिक भएको छ । गीतमा राजनीतिक व्यंग्य पस्किएको छ । नेपालको हरेक राजनीतिक दलमा ठूलो, सानो भन्ने तँछाड मछाडको यथार्थ गीतमा व्यक्त गरिएको छ ।

गीतमा भुपालमान सिंहको एरेञ्ज, किरण तुलाधरको मिक्सिङ÷माष्टरिङ छ । गीत स्टुडियो वानमा रेकर्डिङ गरिएको हो । सागरराज शर्माको निर्देशन रहेको गीतको भिडियोमा हरिवंश आचार्य, शशीकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी ‘बुलेट’, सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय रहेको छ ।

भिडियोमा शशी किरणको कन्सेप्ट, हरि हुमागाईंको छायांकन तथा सुशिल न्यौपानेको सम्पादन, कलर तथा भिएफएक्स रहेको छ । राइज ग्लोबल प्रोडक्शनको प्रि–पोष्ट प्रोडक्सन तथा लक्षु निरौला प्रोडक्सन संयोजक रहेको गीतमा पंकज अधिकारीको अंग्रेजी अनुवाद छ । गीतको भिडियोमा विक्रम थापाको श्रृंगार रहेको छ ।