अनि अलग्गिए सलमान र ऐश्वर्या

मुम्बई(एजेन्सी) । बलिउडमा चर्चित जोडीको नाम लिँदा सलमान खान र ऐश्वर्या राय छुट्दैनन् । ९० को दशकमा यो जोडीको प्रेमले सबैको ध्यान आफूतिर खिचेको थियो । तर त्यो प्रेमले कहिल्यै सफलता पाउन सकेन ।

सलमान र ऐश्वर्याको भेट कामको बेला नै भएको थियो । उनीहरु प्रेममा कसरी परे भन्ने स्वयंलाई थाहा छैन । त्यो समयमा उनीहरुको प्रेम हरेकका लागि चासोको विषय बन्यो । समाचार अनुसार दुवैको आत्मियता फिल्म ‘हम दिल दे चुके सनम’को बेला बढेको थियो । सन्जय लिला भन्साली निर्देशित यो फिल्ममा यो जोडीको क्यामेष्ट्री जबरदस्त नै थियो । उनीहरुको जोडीलाई पर्दामा हेर्न पाउँदा दर्शक पनि खुशी थिए ।

यो समयमा उनीहरु यति चर्चित थिए कि दर्शकले उनीहरुलाई बलिउडको एक नम्बर जोडीको उपाधि नै दिए । उनीहरुको प्रेमको चर्चा पत्रपत्रिका र फ्यानमाझ हिट साबित भइसकेको थियो । तर उनीहरुको प्रेममा चाँडै कसैको नजर लाग्यो । केही दिनपछि उनीहरुबीच खटपट शुरु भयो र एक अर्काबाट अलग्गिन थाले ।

समाचार अनुसार सलमान र ऐश्वर्याबीच सुटिङ सुटिङ सेटमा पनि झगडा हुन थाल्यो । यही झगडाका कारण निर्मातालाई ठूलो क्षति हुन थाल्यो । निर्मातालाई क्षतिबाट जोगाउनका लागि सलमानले ऐश्वर्यासँग काम गर्न बन्द गरिदिए । जसकारण ऐश्वर्याको हातबाट धेरै प्रोजेक्ट फुत्किए ।