बाउन्स ब्याकमा सविन र विमल

काठमाडौं । गायक तथा सर्जक सविन भट्टराई र विमल गौतमको स्वर रहेको ¥याप गीत ‘बाउन्स ब्याक’को भिडियो सार्वजनिक भएको छ । सविनकै शब्द, विमलको संगीत र सन्जु सुनुवारको संगीत संयोजन रहेको उक्त गीतको भिडियो सिंगर झुमा निरौला नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सविनले यस भन्दा अगाडि आफ्नै शब्द तथा स्वरमा बजारमा ल्याएको ’इस तलाई भोट’ बोलको ¥याप गीतले चर्चा पाएको थियो । उनले जीवन उपयोगी, उत्प्रेरणा तथा उर्जाशील यस गीतले विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड (१९) ले निरास भएका मानिसहरुलाई उत्प्रेरणा प्रदान गर्ने बताए ।

टुडी एनिमेसन तथा ग्राफिक्स डिजाइनद्वारा तयार गरिएको यस भिडियोको भिजुअल ग्राफिक्स निराजन सिंह ठकुरी, निर्देशन नारायण तिमल्सिना गोर्खालीले गरेका हुन् भने मिसन ईन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन तथा निर्माण गरेको हो ।