नितिनको सांगीतिक अनुपम रंग

काठमाडौं । गायक नितिन गजुरेलको नयाँ गीत ‘अनुपम रंग’ सार्वजनिक भएको छ । नीरभिमको शब्द र सुदाम थापाको संगीत रहेको गीतमा चन्द सिंहको संगीत संयोजन छ ।

म्युजिक भिडियोमा कमल सिंह र सुशिला थापा फिचर्ड छन् । बुद्ध थापाको छायांकन, विष्णु खड्को सम्पादन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा रायन कार्कीको निर्देशन छ ।

लामो समयदेखि गीत संगीतमा क्रियाशील गायक गजुरेलले यसअघि ‘दिलके डायरी’, ‘आँखाले हेर्यौ’, ‘झुक्याएरै किन होला’, ‘आकाशका तारा’ लगायत दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन् ।