डिस्चार्ज भए अमिताभ बच्चन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अमिताभ बच्चनका फ्यानका लागि खुशीको खबर छ । कोरोना रिपोर्ट नेगेटिभ आएपछि अमिताभ अस्पतालबाट डिस्चार्ज भएका छन् । अमिताभले एक ट्वीटमार्फत सबै प्रशंसक र आफ्नो भलो चाहनेलाई धन्यवाद दिएका छन् ।

‘कोरोना नेगेटिभ भएपछि म अस्पतालबाट डिस्चार्ज भएको छु । म घरमा क्वारेन्टाइनमा हुनेछु । सर्वशक्तिमानको कृपा । आमा, बाबुको आशीर्वाद, शुभचिन्तक र साथीको प्रार्थना, नानावती अस्पतालमा उत्कृष्ट हेरचाहले यो दिन हेर्नका लागि मलाई सम्भव बनायो’, उनले ट्वीट गरेका छन् ।

अभिषेकले पनि ट्वीट गर्दै आफ्नो पिताको कोभिड १९ टेस्ट नेगेटिभ आउँदा प्रफुल्लित भएको उल्लेख गरेका छन् । अभिषेकले आफू भने अस्पतालमा नै बस्नुपर्ने बताएका छन् । ‘दुर्भाग्यवस केही कारणले अहिले पनि म कोभिड १९ पोजेटिभ छु । एकपटक पुनः तपाईं सबैजनालाई शुभकामना र प्रार्थनाका लागि धन्यवाद । म यसलाई हराउनेछु र स्वस्थ भएर घर फर्किनेछु’, उनले ट्वीटेका छन् ।