सेलिब्रेटीका बडीगार्डको पारिश्रमिक कति ?

मुम्बई(एजेन्सी) । हरेक व्यक्तिको पढेर राम्रो कम्पनीको जागिर खाने सपना हुन्छ । जहाँ उसले राम्रो पारिश्रमिक पाउन सकोस् । केही चालक, नैनी र सुरक्षाकर्मी यस्ता पनि छन्, जो लाखौं पारिश्रमिक लिन्छन् । यो सूचीमा अमिताभ बच्चन, सलमान खान, शाहरुख खानका बडीगार्ड पर्दछन् ।

बलिउड अभिनेता सलमान खानका बडीगार्ड शेरालाई उनीसँग प्रायः देखिन्छ । सलमान उनलाई आफ्नो परिवारको सदस्य मान्दछन् । शेरा हरेक महिना १६ लाख पारिश्रमिक लिन्छन् । जुन हिसाबले उनको वार्षिक आम्दानी करिब दुई करोड हुन आउँछ । शेराको आफ्नौ एक सेक्युरिटी एजेन्सी छ ।

हालैमात्र कोरोनालाई मात दिएर घर फर्किएका बलिउड अभिनेता अमिताभ बच्चनको सुरक्षा जितेन्द्र शिन्देले गरिरहेका छन् । शिन्देको वार्षिक पारिश्रमिक करिब डेढ करोडको हाराहारीमा छ । अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपूरका छोरा तैमूरको सुसारेको मासिक पारिश्रमिक एक लाख ५० हजार छ । उनको नाम सबिति हो ।

शाहरुख खानको बडीगार्ड रवि सिंह हरेक समय शाहरुखसँगै हुन्छन् । रवि पछिल्लो केही वर्षदेखि शाहरुखको बडीगार्ड छन् । शाहरुखले रविलाई वार्षिक रुपमा २ दशमलब ७ करोड पारिश्रमिक दिन्छन् । रवि बलिउडको सबैभन्दा महंगा बडीगार्ड हुन् ।

बलिउड अभिनेता आमिर खान पार्टी र अवार्ड शोबाट टाढै रहन्छन् । आमिर आफ्नो बडीगार्ड युवराज घोरपडेलाई वार्षिक रुपमा २ करोड पारिश्रमिक दिन्छन् ।