२४ गायकगायिकाको सोच बदलिए देश बदलिन्छ

काठमाडौं । प्रवासी नेपाली बेङ्लोर गु्रपको राष्ट्रिय भाव बोकेको गीत ‘सोच बदलिए’ सार्वजनिक भएको छ । गीतमा २४ जना गायकगायिकाको स्वर छ । गीतमा भुवन नेपाली र कृष्ण चन्दको शब्द तथा संगीत र भुवन प्रकाश बडुको एरेन्ज छ ।

गीतमा भुवन बडु, किरण नेपाली, कृष्ण चन्द, सुरेश औजी, अमर नेपाली, सुरेश नेपाली, नवराज नेपाली, युवराज नेपाली, हक बिसी, नरेश विष्ट, जनक राज विश्वकर्मा, टिका पुन, शोभा, त्रिपाठी, टिका सानु, पुष्पा बोहोरा, दिपा रोकाय, माया बडु, लक्ष्मी आचार्य, निरुता खत्री, भावना चन्द, माही बडु, बिष्ना शिलाल, बिष्ना नेपालीको स्वर छ ।

डिएआर मुभिजको अफिसियल युटुवबाट सार्वजनिक भएको छ ।