पूर्वेली भाकामा पानी खानु मुलको

काठमाडौ । धनकुटाकी गायिका जुनी खालिङ राईले लकडाउनको सदुपयोग गर्दै पुर्वेली लोकगीत ‘पानी खानु मुलको’ आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छन् । धनकुटाकी गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतमा कृष्णकुमार राईको संगीत छ । गीतको एरेन्ज कृष्णभक्त राईले गरेका हुन् । रेजिना राईको कोरियोग्राफी रहेको म्युजिक भिडियोको कृष्णकुमार राई र रेजिना राई फिचर्ड छन् ।

इटहरीमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ सेवा रेकर्डिङ अनामनगर काठमाडौमा मुस्कान मुकारुङले गरेका हुन । धनकुटाको तम्मोर दोभान वरीपरीको छायांकन गरिएको भिडियोमा राज बान्तावा राईको छायांकन छ ।

जुनीले ‘कस्तो होला मनको राजा’, ‘काफल पाक्दा’, ‘कुन्नी को को आउन थाल्यो’ जस्ता गीत बजारमा ल्याइसकेकी छन् ।