दशैंमा आउदै दयाहाङ र रेबिका

काठमाडौं । गायक पूर्ण लिम्बु र गायिका मेलिना राईको स्वरमा रहेको एक गीतको हालै गोदावरीमा छायांकन गरिएको छ । भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री रेबिका गुरुङ फिचर्ड छन् ।

मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा सुदिप बरालको छायांकन छ । गीतमा प्रेमकृष्ण बजगाईको शब्द तथा संगीत छ । निर्देशक चाम्सका अनुसार भिडियो विजया दशमीमा सार्वजनिक हुनेछ ।