काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो पूर्वनिर्धारित दुई कार्यक्रम हालका लागि स्थगित गरेको छ । कोरोना संक्रमणको अवस्था दिनानुदिन बढ्दो मात्रामा रहेको जनाउँदै संघले कलाकारबीच गर्ने अन्तरक्रिया र कार्यशालालाई हालका लागि स्थगित गरेको जनाएको छ ।
संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक विज्ञप्ती जारी गर्दै अहिलेको विषम परिस्थितिमा पनि नेपाल चलचित्र कलाकार संघ आफ्नो नियमित सेवामा कटिबद्व रहेको जनाएका छन् । ‘कोरोनाको प्रकोपको संक्रमण कालमा संघले राहतको विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ । अझै पनि केही सदस्यहरु समस्या र अप्ठारोमा हुनुहुन्छ भने संघलाइ जानकारी गराउनोस, संघ सदैव आफ्ना सदस्यहरुको सेवामा तत्पर रहेको पनि यहि वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौ ।’ विज्ञप्तीमा उल्लेख छ ।
संघले आफ्ना सदस्यलाई मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुन,े भीडभाड भएको ठाउँमा नजान,े भीडभाड नगर्ने, अति आवश्यक काम पर्दा मात्र घरवाट बाहिर निस्कन आव्हान गरेको छ । उसले चलचित्रकर्मीहरुलाइ सावधानी अपनाइ आफु र अरुको जीवन कोरोनाको संक्रमणवाट सुरक्षित गर्न अपिल गरेको छ ।